जलवायु परिवर्तनको प्रकोप रोक्न क्लिन इनर्जी

जलवायु परिवर्तनको प्रकोप रोक्न क्लिन इनर्जी

२ मंसिर, काठमाडाैँ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताएका छन् । बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताएका हुन् ।

उनले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताए । सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले पनि धेरै असर गरेको बताउँदै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानु पर्ने बताए ।

विद्युतीय सवारीसाधन सञ्चालनका १९ अर्ब अमेरिकी डलर
उनले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिवद्धता भइसकेको बताए । सचिव कँडेलले भने, ‘पहिलो विषय नेपालले एकदमै कम इमिशन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तको प्रकोपलाई न्यूनिकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्दछ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छाँै, इण्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रुपान्तरण गर्छौं, भेकललाई इ.भेकलको रुपमा ट्रान्सफर्म गर्छौं,इलेक्ट्रिक भेकलको लागि १९ बिलियन यूएस डलर दिने प्रतिवद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ ।’

सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताए । नेपालले पेरिस सम्झौता अनुसार जलवायुजन्य प्रकोपलाई कम गर्न सम्पूर्ण प्रतिवद्धता अनुरुप काम गरेको बताउँदै सचिव कँडेलले नेपाल प्रतिवद्धताअनुरुप काम गर्ने पहिलो देश बनेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.