सीताको उत्कृष्ट ब्याटिङमा नेपालले कतारलाई दियाे १६५ रनको लक्षय

सीताको उत्कृष्ट ब्याटिङमा नेपालले कतारलाई दियाे १६५ रनको लक्षय

२ मंसिर,  काठमाडौं ।

उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरको उत्कृष्ट ब्याटिङमा नेपाली महिला क्रिकेट टाेलीले तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कतारलाई १ सय ६५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो ।  नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहिन् । यो नेपाली महिला टि२० आईमा एकै खेलमा ब्यक्तिगत उच्च प्रदर्शन हो ।

सीताले इन्दु बर्माको ५५ रनको कीर्तिमान तोडेकी हुन् । सीताले ४७ बलमा आफ्नो डब्लूटि२० आई खेलमा पहिलो अर्धशतक पूरा गरेकी थिइन् । सीता नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रन बनाउँदै नेपाली महिला क्रिकेटको डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान रचेकी थिइन् । कतारसँग दोस्रो खेलमा कप्तान रुविना क्षेत्री बेलबासेले ५० रनको इनिङ खेलेकी थिइन् ।

ओपनर सीता र काजल श्रेष्ठले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजललाई एन्जेलिन मार्वेले विकेटकिपर श्रुतिबेन राणाबाट ७ रनमा क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् ।

ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् । ज्योति साची धडवलको बलमा रिज्फा बानोबाट क्याच हुन पुगेकी थिइन् । कप्तान आयशाले डली भट्टलाई १२ रनमा बोल्ड आउट गरिन् । सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.