गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही

गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही

विराटनगर,साउन २३
सरकारले गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । विभागका महानिर्देशक संजीवकुमार कर्णले बजारमा खाद्य वस्तु गुणस्तरहीन आउन नदिने गरी कानुन बनाउने काम सुरु गरिएको पनि जानकारी दिए ।

विभागले गुणस्तरीय र सुरक्षित खाद्य वस्तु सुनिश्चित नभएका उद्योगको उत्पादन बजारमा आउन नदिने व्यवस्था पनि गरेको छ । महानिर्देशक कर्णले दूषित तथा न्यून गुणस्तरका खाद्य बस्तुलाई नियन्त्रण गर्न पुरानो कानुनले काम नगरेपछि नयाँ कानुन ल्याउने बाध्यात्मक अवस्था रहेको पनि स्पष्ट पारे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.