राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज

राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज

३ मंसिर, काठमाडौं ।

बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि शुक्रबार आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरानै हुनेछन् ।

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन् ।

प्रतियोगिता डिसेम्बर २१ देखि सुरु हुनेछ । सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा सोमबार देखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.