बाराका दुई पालिकामा आज सार्वजनिक बिदा

बाराका दुई पालिकामा आज सार्वजनिक बिदा

३ मंसिर, बारा ।

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ।

बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो।

करैयामाई गाउँपालिका–२ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिका–१ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिएका छन्।

बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.