कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्चमा धकेलाधकेल, सुरक्षाकर्मीको संख्या बढाइयो

कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्चमा धकेलाधकेल, सुरक्षाकर्मीको संख्या बढाइयो

३ मंसिर, काठमाडौं ।

आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा धकेलाधकेल भएको छ।

शुक्रबार निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका कानुन व्यवसायी यसअघि धर्नामा बस्दै आएको सर्वोच्च परिसरमा जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा धकेलाधकेल भएको हो।

यसअघि धर्ना बसिरहेको स्थलमा कानुन व्यवसायी जान खोजेका थिए। तर, प्रहरीले आज उक्त क्षेत्रमा जान रोक लगाएर घेरा हालेको छ। सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीको संख्यासमेत बढाइएको छ।

आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र नियमित रुपमा धर्नामा बसेको स्थानमा जान दिन प्रहरीलाई आन्दोलनकारी कानुन व्यवसायीले आग्रह गरे पनि प्रहरीले उनीहरुलाई रोकिरहेको छ।

यसअघि बिहीबार आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएपछि बार क्रुद्ध भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ।

बारले प्रधानन्यायाधीश राणालाई शुक्रबार ३ बजेसम्म राजीनामा दिन ’अल्टिमेटम’ दिएको छन्। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने पनि श्रेष्ठले चेतावनी दिएका छन्।

उता प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु भने आजबाट नियमित इजलासमा फर्कने भएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.