पतञ्जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

पतञ्जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

३ मंसिर, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीलाई जग्गा उपलब्ध गराउने बताएका छन् ।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी, आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्रीले पतञ्जलीलाई सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् । ‘यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.