दिवंगत छोराको तस्बिर अगाडि भावुक बने प्रचण्ड

दिवंगत छोराको तस्बिर अगाडि भावुक बने प्रचण्ड

३ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत छोरा प्रकाश दाहालप्रति श्रदाञ्जली अर्पण गरेका छन्। शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दिवंगत छोराको तस्बिरमा माल्यार्पण गर्दै श्रदाञ्जली अर्पण गरेका हुन्। माल्यार्पण गर्ने क्रममा उनी भावुक बनेका थिए।

श्रदाञ्जली सभामा उनीसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्रदाञ्जली अर्पण गरेका थिए। युवा नेता प्रकाशको २०७४ साल मंसिर ३ गते निधन भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.