NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसीबारे ओली र प्रचण्डसँग जवाफ मागे

शुक्रबार मंसिर ३ , २०७८
Reading Time: 1 min read
A A
अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसीबारे ओली र प्रचण्डसँग जवाफ मागे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ मंसिर, काठमाडाैँ ।

नेपाल भ्रमणमा आएर अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुसँग भेटवार्तालाई तीव्र दिएका छन् । उनको भेट विशेषत अमेरिकी सहयोग परियोजना एमसीसीमा केन्द्रित देखिएको छ। सहायक विदेश मन्त्री डोनाल्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

शुक्रवार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् । शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।

Advertisement

उनले मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिती नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएकाछन् । भट्टराईले भने, ‘संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्रीज्युले पूर्व प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटको क्रममा खासगरी उहाँहरुका तीन, चार वटा विषयहरुमा उहाँहरुले नेपालसँग एउटा त हाम्रो ऐतिहासिक सम्बन्ध छ दुई वटै मुलुकका बीचमा । ७५ वर्षदेखि हामी अत्यन्त राम्रो सम्बन्ध कायम गरेर आइरहेका छौँ । अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, त्यो क्षेत्रलाई हामी बिस्तार गर्न चाहन्छौँ भन्नुभयो । दोस्रो केही नयाँ क्षेत्रमा काम गर्ने इच्छा छ, त्यो भनेको क्लाइमेट चेन्जको विषय । क्लाइमेट चेन्जले पारिरहेको असरको बारेमा हामी हाम्रो मुलुकको तर्फबाट थप केही नयाँ क्षेत्रमा काम गर्न चाहन्छौँ, त्यो भनेको क्लिन इनर्जी डेभलप नेपालको लागि अत्यन्त सम्भावना युक्त ठाउँ हो, यसले नेपालका लागि मात्रै होइन, रिजनकै लागि ठूलो योगदान दिन सक्छ । त्यो योगदान दिने कुरामा अमेरिकाको साथ र सहयोग रहनेछ भन्नुभयो । नेपालको आर्थिक विकास, सामाजिक क्षेत्रका कार्यहरु, स्वास्थ्यको क्षेत्रमा गरिहरेको कुरामा बिस्तार गर्न चाहन्छौँ, शिक्षाको क्षेत्रमा बिस्तार गर्न चाहन्छौँ भन्नुभएको छ, पूर्वप्रधानमन्त्रीको तर्फबाट अमेरिकाले गरिरहेको सहयोगको लागि धन्यवाद भन्नुभयो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगतमा गरेको योगदानको महत्व धेरै छ, यसलाई निरन्तरता दिने कुरामा धन्यवाद छ भन्ने कुरा रह्यो, पछिल्लो समय कोरोना महामारीमा भ्याक्सिनमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुले एमसीसी के हुन्छ भनेर अर्को प्रश्न राख्नुभयो । एमसीसीको बारेमा हामी अहिले सरकारमा छैनौँ, सरकारमा नभएको बेलामा यही गर्ने भनेर बोल्ने स्थिती छैन, सरकारमा भएकाहरुले के गर्ने भन्छन्, त्यो हेरेर निर्णय गरौँ भन्नुभयो ।’

यस्तै अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगपनि भेट गरेका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताए । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए । भेटपछि संचारकर्मीहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘राम्रो वातावरणमा सौहाद्रपूर्ण र खुल्ला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु, हामीले पहिलो कुरा नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेण्टको बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर बेस्ट इण्डस्ट्रीको आवश्यक्ता छ, युवाहरुलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इण्डस्ट्री नै राम्रो हुन्छ भने । नेपालको पिस प्रोसेसको बारेमा कुरा भयो, तेस्रो कुरा एमसीसीमा थियो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका छन् ।

यसअघि पनि एमसीसी उपाध्यक्ष फतिमा सुमार आएर नेपाल सरकार लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट गरी जसरी भएपनि पास गर्न अप्रत्यक्ष दबाब दिएकी थिइन् । फतिमासँग एमसीसी पास गराउने प्रतिवद्धता जनाएको सरकारले भने त्यसयता एमसीसी पास गराउने विषयमा अन्तिम धारण बनाइ दलहरुसँग छलफल चलाउन सकेको छैन् । एमसीसीका विषयमा सत्तारुढ पाँच दलीय गठबनधनभित्रै मतभेद रहदै आएको छ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.