वार्ताबाट समस्या समाधान गराैँ भन्दै प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

वार्ताबाट समस्या समाधान गराैँ भन्दै प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

३ मंसिर, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले  वार्ताकाे प्रस्ताव गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट प्रधानन्यायाधीशकाे पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले बैठकमा आफूलाई आएको पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बारका एक पदाधिकारीका अनुसार, पत्रमा प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.