कानुन व्यवयासीमाथि भएको कुटपिटप्रति सर्वोच्चद्वारा दुख व्यक्त

कानुन व्यवयासीमाथि भएको कुटपिटप्रति सर्वोच्चद्वारा दुख व्यक्त

३ मंसिर, काठमाडाैँ ।

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा घाइते भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वास व्यक्त गरेको विज्ञप्ति उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.