काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

४ मंसिर, काठमाडाैँ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा ध्रुव अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोज सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन्। प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भएका हुन् ।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै, काठमाडौँमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । काँग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.