गृहमन्त्रीको बलमा पौडेल पक्षधरमाथि सांघातिक हमला

गृहमन्त्रीको बलमा पौडेल पक्षधरमाथि सांघातिक हमला

४ मंसिर, भैरहवा ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् ।  रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ क अर्थात भैरहवाको नेपाली कांगेस पार्टी कार्यलयमा भएको मतगणनास्थलमा शेरबहादुर देउवा प्यानल पक्षधरले रामचन्द्र पौडेल पक्षधरलाई निर्घात कुटपिट गरेका हुन्।

पौडेल पक्षरका सभापतिका उम्मेदवार अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्यानलका शैलेश पन्तलाई राती २ बजे मत गणना भइरहेको समयमा निर्घात कुटपिट गरेको नेपाली कांग्रेसले जनाएको छ।

मतगणना भइरहेको समयमा जेनेरेटर अफ गरी गृहमन्त्री बालकृष्ण खाँडनिकटका मानिस आएर निर्घात कुटपिट गरि मतगणना स्थगित भएको छ। घाइते शैलेश पन्त लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भई उपचार भइरहेको नेपाली कांग्रेसले जानकारी दिएको छ।

मतगणनामा रामचन्द्र पौडेल पक्षधरका अधिवक्ता पुरन श्रेष्ठको प्यानलले अग्रता लिएपछि गृहमन्त्री बालकृष्ण खाँडका गुण्डाहरुलाई प्रयोग गरि जेनेरेटर बन्द गरि युवा जत्थाले पौडेल पक्षधरका युवाहरुमाथि निर्मम ढंगले कुटपिट गरि घाइते लुम्बिनी अञ्चल अस्पताल बुटवल र भैरहवाको भीम अस्पताल भर्ना भएको पौडेल पक्षधरका एकजना नेताले जानकारी दिए।

गृहमन्त्री खाँड पक्षधरका तरुण दलका युवा नेता शेते गुरुङले लातै लात बुटैबुटले प्रहार गर्दा शैलेश पन्तको नाक भाँचिुनका साथै रगत समेत बगिरहेको, शरिरमा, छातीमा समेत कुटपिट गरिएको कांगेसका एक नेताले बताए।

गृहमन्त्री बालकृष्ण खाँडको क्षेत्र रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल समुहबाट सभापति पदमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.