एमाले महाधिवेशनः प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनुसहित)

एमाले महाधिवेशनः प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनुसहित)

४ मंसिर, चितवन ।

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ। महाधिवेशनकाे मिति नजिकिएसँगै व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ ।

बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि एमालेले होटेलका ३५ सय बेड बुकिङ गरेकाे छ । बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुने जनाइएकाे छ।

१० मंसिर बेलुकी भने एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ । १२ मंसिर बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ । उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी भएको जनाइएकाे छ ।

तीन छाकमा १०—१० प्रकारका खानाको व्यवस्था हुने सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीले बताए । उनका अनुसार हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ । पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन् ।

दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुनेछ ।

अन्तिम तथा तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.