ए डिभिजन लिग : शेर्पा र संकटाको बराबरी

ए डिभिजन लिग : शेर्पा र संकटाको बराबरी

४ मंसिर, काठमाडौं ।

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल आइस हिमालयन शेर्पा क्लब र संकटा क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

 शनिबार भएको खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि संकटाले ६० औं मिनेटमा लक्ष्मण रुचालको गोलमा दोस्रो हाफमा अग्रता लिएको थियो । उनले सुभास गुरुङले बायाँ विंगबाट दिएको क्रसलाई गोलमा परिणत गरेका थिए । गोलरक्षक दीप कार्कीले बल फुस्काएपछि लक्ष्मण गल्तिको फाइदा उठाउँदै गोल गर्न सफल रहे ।

शेर्पाले तीन मिनेटपछि नै खेल बराबरीमा ल्यायो । त्रिदेव गुरुङले हेडरमार्फत गोल गर्दै शेर्पालाई खेलमा फर्काए । जीवन गुरुङको क्रसमा त्रिदेवको हेडर सोचेजस्तो प्रहार नभएपनि संकटाका डिफेन्डरको ठिक माथिबाट गोलमा परिणत भएको थियो ।

थप समयमा गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.