ए डिभिजन लिग : थ्री स्टारको सानदार सुरुआत

ए डिभिजन लिग : थ्री स्टारको सानदार सुरुआत

४ मंसिर, काठमाडौँ ।

सहिद स्मारक लिग ए डिभिजन लिगमा थ्री स्टारले सानदार सुरुआत लिएको छ । तीन पल्टको विजेता थ्री स्टारले शनिबार दशरथ रंगशालामा भएको खेलमा छिमेकी च्यासल युथ क्लबलाई ३–० ले हरायो ।

यो जितपछि थ्री स्टारले उपाधिका लागि बलियो प्रत्यासी पनि प्रस्तुत गरेको छ । जितसँगै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

थ्री स्टारका लागि निशान खड्काले २२ औं मिनेटमा पहिलो गोल गरे । राफायल विडियासलले ४४ औं मिनेटमा दोस्रो गोल थपे । अनन्त तामाङ ५८ औं मिनेटमा तेस्रो गोल गरे । च्यालसका लागि विकास मेराग्लिया २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल रहे ।

यसअघि भएको दिनको पहिलो खेलमा हिमालयन शेर्पा र संकटाले १–१ को बराबरी खेलेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.