सरकारसँग सुगौली सन्धिको सक्कल प्रति नै छैन : परराष्ट्रमन्त्री खड्का

सरकारसँग सुगौली सन्धिको सक्कल प्रति नै छैन : परराष्ट्रमन्त्री खड्का

५ मंसिर, काठमाडौँ ।

परराष्ट्रमन्त्री नारायण खड्काले सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति सरकारसँग  नभएको बताएका छन् ।

शनिबार नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्ताे धारणा राखेका हुन् । उनले भने, ‘सरकारसँग सन् १८१६ को सन्धि, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्त्वपूर्ण दस्ताबेजको सक्कल प्रति नै छैन । यस्तो ऐतिहासिक दस्ताबेजहरूको सक्कल नहुनुले हाम्रो राष्ट्रिय चरित्र देखाउँछ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.