एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

५ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि शनिबार पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाएका हुन् । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल -याली गरेको छ ।

सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.