योगगुरु रामदेव र आचार्य बालकृष्णद्धारा बनेपामा योग भवनको उद्घाटन

योगगुरु रामदेव र आचार्य बालकृष्णद्धारा बनेपामा योग भवनको उद्घाटन

५ मंसिर, काभ्रे ।

भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णले काभ्रेको बनेपाा योग भवनको उद्घाटन गरेका छन् । शनिबार बनेपा नगरपालिका वडा नं. ५ मा निर्माण गरेको पक्कि तीन तले भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्नुहुँदै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताए । सो क्रममा उनले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताए ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरु कसैले भौतिक मुल्याङ्कन नगरेपनि आन्तरिक मुल्याङ्कन हुने बताए । कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पुर्‍याएको छ भने पतंजली योग समितिले गरेको बताउँदै त्यो वेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानको बारेमा शिक्षा दिदै हिंडेको स्मरण गरे ।

यसैबीच दुवै जनाले धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन गरेका छन् । सो क्रममा त्यहाँका अध्ययनरत विद्यार्थीहरुले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफुहरुको परीक्षाको नतिजा समेत रोकिएको भन्दै कलेजलाई निर्वाद रुपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग पत्र बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.