NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

राष्ट्रपतिको आउने भएपछि उत्साहित मटिहानी

आइतवार मंसिर ५ , २०७८
Reading Time: 1 min read
A A
राष्ट्रपति भण्डारीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ मंसिर, महात्तरी ।
मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपत)० आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो । राष्ट्रपतिको मटिहानी (महोत्तरी) भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर टाँगिएका देखिँदो छ । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागतद्वारले सबैतिर झकिझकाउ देखिँदो छ । मटिहानीवासीले यस अवसरलाई पर्व र उत्सवकै रूपमा लिएका छन् । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैँमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् ।

“हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो”, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्छन्, “पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दैछ, हामी खुशी छौँ ।” आपूmहरूका लागि राष्ट्रपतिको अवाइ महत्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउछन्।

Advertisement

महोत्तरीको मटिहानीअघि त्रेतायुगमा राम–सीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् ।

यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय )लक्ष्मीनारायण मठले स्थापना गरेको) का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताछन् । भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्वपूर्ण धरोहरको अवलोकन गर्ने टिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षाप्रेमी तथा सन्त बालगुरु षडानन (भोजपुर, दिङ्ला)ले शिक्षा लिनुभएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाममा मुलुकका विभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिँदैछ । यही नै राजा जनकको दरबारका विद्वान मनिषी याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा स्नातकोत्तर तहसम्मको अध्ययन÷अध्यापन हुँदै आएको छ । यसबाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकूम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा (फागुन शुक्लपक्षमा हुने)को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्रामस्थलका रूपमा स्थापित रहेको मटिहानीवासी बताउँछन् ।

आफ्नो ठाउँको यो गौरवमय परम्परा भए पनि उपल्लो तहबाट उपेक्षित भएको अनुभूति लिँदै आएका मटिहानीवासी यतिखेर भने राष्ट्रप्रमुख नै आफ्नो ठाउँमा आउन लाग्नुभएको कुराले दङ्ग छन् । “बौवा, सुनैछी जे हमरासभक ठाममें राष्ट्रपति अबै छथि” (बाबु, सुन्दैछु हाम्रो ठाउँमा राष्ट्रपति आउँदै हुनुहुन्छ रे) मटिहानी–६ का बासिन्दा ८० वर्षीय इस्लाम धर्मावलम्बी विकाउ शेषले भने, “आब हमर जगहके पहिचान आओर उजागर होयत ।”

राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् । “सम्पूर्ण मटिहानी नगर अहिले राष्ट्रप्रमुखको स्वागतका लागि एकाकार भएको छ”, मटिहानी–८ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्छन्, “राष्ट्रपतिको आगमनले यस ठाउँबारे चासो बढ्ने हाम्रो विश्वास छ ।”

खासमा पछिल्लो कालमा मटिहानीको धार्मिक र शैक्षिक पहिचानलाई बढाउन भइरहेका प्रयत्नलाई अझ मुखरित र व्यवस्थित गर्न राष्ट्रपतिको आगमनले सघाउ पुग्ने साहको विश्वास छ ।

मटिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्व पाएको भन्ने अनुभूति लिइएको यहाँका राजनीतिक दलका अगुवाले बताएका छन् । “हाम्रो जिल्लामा राष्ट्रप्रमुखको आगमन हुँदैछ, हामीले यसलाई खास अवसरका रूपमा महत्व दिएका छौँ”, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले भने ।

राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई व्यवस्थित र सम्झनयोग्य बनाउन आफ्ना सारा प्रयत्न केन्द्रित गरिएको बताउँदै यसलाई महिला जागरणको अवसरका रूपमा पनि लिएको मटिहानी नगरपालिकाका उपप्रमुख शिवोदेवी साह बताउछिन् ।

“हामीकहाँ महिला शिक्षा अत्यन्त कमजोर अवस्थामा छ, सामाजिक, राजनीतिक र आर्थिक गतिविधिमा महिला सहभागिता कमजोर देखिन्छ”, उपप्रमुख साहले भनिन् “संयोग ठिक छ, हाम्रो राष्ट्रप्रमुख अहिले महिला हुनुहुन्छ, उहाँलाई देखेर यहाँका महिलामा नयाँ इच्छाशक्ति पलाउन र बढ्न सक्छ, हामी अगुवा महिलाले राष्ट्रपतिको आगमनलाई यो कोणबाट पनि सर्वसाधारण महिलामा उत्साह भर्दैछौँ ।”

आसन्न राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसर दिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।रासस

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.