गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी आउँदै

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी आउँदै

५ मंसिर, सुनसरी।

सुनसरीको देवानगञ्ज गाउँपालिका प्रशासनिक भवन निर्माण सम्पन्न भएको र त्यसको उद्घाटनका लागि आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा आउँदै छन्।

सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकाले झन्डै आठ करोड ५० लाख लागतमा निर्माण सम्पन्न गरेको आफ्नो प्रशासनिक भवनको आइतबार उद्घाटनको तयारी गरेको छ ।

प्रम देउवाले सीमावर्ती क्षेत्र देवानगञ्जको नवनिर्मित भवनको उद्घाटन र त्यसपछि बिपी स्मृति पार्कको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईँले नवनिर्मित भवनलाई उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकोप्टरमा बिहान ११ बजे देवानगञ्ज आउने कार्यक्रम गरेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.