विराटनगर, साउन २४
सवारी दुर्घटनाका कारण हुने क्षति न्यूनिकरणका लागि सुनसरीको इटहरीमा ट्राफिक सचेतना एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हेल्पिङ युथ इटहरी र ट्राफिक प्रहरी कार्यलय प्रदेश १ ले संयुक्त रुपमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
हेल्पिङ युथ इटहरीका अध्यक्ष बिकल पौडेलले चालकहरुले आफै सावधानीपूर्वक सवारी चलाएको खण्डमा धनजनको क्षति न्यूनीकरण हुने बिश्वास व्यक्त गरे । उनले धेरै जसो दुर्घटना मानवीय, यान्त्रिक, सडक र वातावरणीय कारणबाट हुने गरेको उल्लेख गर्दै चालक स्वंय सचेत भएर सवारी चलाउनपर्नेमा जोड दिए ।