झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भरतीय नागरिक पक्राउ

झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भरतीय नागरिक पक्राउ

५ मंसिर, झापा।

विदेशी जालीनोटका कारोवारीले झापालाई ट्रान्जिट बनाएको पाइएको छ । एक जना भारतीय नागरिक नक्कली अमेरीकी डलर सहित पक्राउ परेसँगै यो तथ्य बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर विमानस्थलबाट काठमाडौँ जान लागेका भारतको पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका हुन् । उनको हाते झोलाबाट एक सय दरका २ सय २६ थान अमेरीकी डलरका नोट पनि बरामद भएको छ ।

२४ वर्षीय चौधरीको साथबाट उनको भारतीय राहदानी र आधारकार्ड समेत बरामद भएको छ । अदालतबाट म्याद थप गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.