अटोको ठक्करबाट पदैलयात्रीको मृत्यु

अटोको ठक्करबाट पदैलयात्रीको मृत्यु

६ मंसिर, झापा ।

झापाकाे मेचीनगर नगरपालिका-६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् ।

आईतबार बेलुका साढे ६ बजे पुर्वतर्फ आउँदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हाे ।

अटो र चालक झापा मेचीनगर नगरपालिका-६ नकलबन्दाका ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.