प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

६ मंसिर, काठमाडौं।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्नि प्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।

प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गर्दै बारले साेमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो।

सभामुखलाई भेट्न नेपाल बारको टोलीले सोमबार दिउँसो संसद् सचिवालय पुगेकाे थियाे । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए । महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत बारले आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूका साथमा सभामुखलाई ज्ञापनपत्र बुझाएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.