६ मंसिर, काठमाडौं।
गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली राजपत्रमा प्रकाशित भएको छ । गोलाप्रथा लागू गर्न संशोधन गरिएको उक्त नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको हाे।
यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । अब फेरी फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।
याे सँगै प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ।