शौचालयमा लडेर वडाध्यक्षको मृत्यु

शौचालयमा लडेर वडाध्यक्षको मृत्यु

६ मंसिर, रुपन्देही ।
बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएको थियो । समयमै अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको सोही वार्डका वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए ।

बस्याल स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.