प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

७ मंसिर, डडेल्धुरा ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।

उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए। यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् ।

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.