एमाले महाधिवेशन: ओलीको अघि एमालेका नेताहरू चुपचाप

एमाले महाधिवेशन: ओलीको अघि एमालेका नेताहरू चुपचाप

काठमाडौं : पार्टीको नेतृत्व चयनका लागि हुन लागेको नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशन आउन अब तीन दिनमात्र बाँकी छ । पार्टीका उपाध्यक्ष भीम रावलबाहेक अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी अन्य नेताले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

अध्यक्षमा मात्र होइन, पदाधिकारी र केन्द्रीय सदस्यका लागि पनि एमाले नेताहरूले उम्मेदवारी घोषणा गर्ने आँट गर्न सकिरहेका छैनन् । अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रूपमा नै अध्यक्ष बन्ने चाहना राख्दै आउनुभएका कारण ओली निटकका नेताहरू उपाध्यक्ष रावलको उम्मेवारी सकेसम्म फिर्ता गराएर सर्वसम्मत रूपमा अध्यक्ष र पदाधिकारी चयन गर्ने गृहकार्यमा लागिरहेको बताइएको छ । ओली निकट एक नेता भन्छन्– ‘अहिले पार्टीमा चुनाव नभई सर्वसम्मत रूपमा ओलीको नेतृत्वमा पार्टी अगाडि बढाएर अगाडि बढ्नुको विकल्प छैन्, त्यो कुरा भीम रावलले पनि बुझेको हुनुपर्छ ।’

सकेसम्म ओलीले रावलाई पनि उचित जिम्मेवारी दिएर चुनाव नहोस् भन्ने चाहना राखेको ती नेताले बताए । उनका अनुसार चुनाव नै हुने अवस्था बन्यो भने कसको उम्मेदवारी कुन पदमा हुने भन्ने उद्घाटन सत्र सकिएपछि मात्रै टुंगो लाग्नेछ । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्दा हारिने डरको कारणले पनि आफ्नो पद सुरक्षित बनाउन उम्मेदवारका आकांक्षीहरू ओलीको बाटो कुरेर बसेका छन् । पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीमा आउन चाहने सबैजसो नेताले ओलीलाई भेटेर आफ्नो कुरा राख्दै आएको बताइएको छ । भेटमा ओलीले नेताहरूको कुरा मात्र सुनेको र कुनै जवाफ नदिएका कारण नेताहरू जवाफको प्रतीक्षामा रहेको बताइएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.