एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै

७ मंसिर, काठमाडौं ।

महाधिवेशन प्रतिनिधि मनोनयनका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ।

आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको एमलो कार्यालय सविच शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै सारिएको थियो।

एमालेमा ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनित गर्ने व्यवस्था छ। त्यसका लागि स्थायी कमिटीले निर्णय गर्नुपर्छ। स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्छ।

एमाले १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.