कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका पौडेल पराजित भएका हुन्।

प्रसाद पौडेलले ८३ मत ल्याएका छन्। स्याङ्जाबाट क्रियाशील सदस्य रहेका पौडेलले यसपटक काठमाडौं ७ मा सारेका थिए। आमाको निधन भएकाले पौडेल अहिले काजक्रियामा छन्।

काठमाडौ ७ मा सोमबार भएको अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी सुनिल थापा सहित राप्रपा बाट कांग्रेस प्रवेश गरेका थिए। उनले ६० मत प्राप्त गरे।

सोही क्षेत्र बाट नेविसंघका पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। थापाले ३६ मत ल्याएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी ८१ मत ल्याई महाधिवेशन प्रतिनिधिमा पराजित भए। साथै, कांग्रेस निकट कानून व्यवसायीको संगठन डीएलएका पूर्वअध्यक्ष भरत प्रसाद खरेल ३३ मत ल्याइ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.