वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी

७ मंसिर, काठमाडौँ ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

मंगलबार संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले आगामी ९–१३ मंसिरसम्म चितवनमा चल्ने पार्टीको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा दाबी गर्ने जानकारी दिएका हुन् । आफू निकट नेताहरुसँग परामर्शसमेत थालेका नेम्बाङले सर्वसम्मतको पक्षमा रहेको बताएका छन् । ‘

म अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु। तर कथंकदाचित निर्वाचन हुने भयो भने मैले साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गर्छु। तर, मलाई अहिलेसम्म सल्लाह दिने साथीहरुलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुपर्छ भनेका छन्’ उनले भने ।

महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि भने नेताहरूबीच उम्मेदवारीको तयारी सुरू भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.