कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

७ मंसिर, काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्। उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्। जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए ।

उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.