भुटानले नेपाललाई दियाे ६२ रनको लक्ष्य

भुटानले नेपाललाई दियाे ६२ रनको लक्ष्य

७ मंसिर, काठमाडौं ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो ।

भुटानका लागि न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा ओपनर सोनम पाल्डोनले २९ बलमा १ चौका सहित ११ रन बनाइन् । पहिलो विकेटका लागि सोनम र न्गावांगले ७ ओभरमा ३० रन बनाउँदै भुटानको लागि राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सीता रानामगरले चोडेनलाई बोल्ड आउट गरेपछि भुटानले रनको गति बढाउन सकेको थिएन ।

सीतालेनै सोनमलाई सरस्वती कुमारी चौधरीबाट क्याच गराएकी थिइन् । सीताले डेचेन वांगमो २ रनमा कटएण्ड बोल्ड आउट गरिन् । सोनम चोडेन ६ रनमा अविजित रहे । सीता रानामगरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी चार खेलमा जित्नुपर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.