प्रियंकाले हटाइन् आफ्नो नामबाट पतिको थर

प्रियंकाले हटाइन् आफ्नो नामबाट पतिको थर

७ मंसिर, एजेन्सी।

अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालहरुबाट आफ्नो पति निक जोनसको थर हटाएकी छन्। केही दिनअघि उनले जोनस थर हटाएकी थिइन्। जोनस थर हटाएलगत्तै प्रियंका र निकबीच दूरी बढेको अनुमान गर्न थालिएको छ।

तीन वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनले लगत्तै आफ्नो थर पछाडि जोनस झुन्ड्याकी थिइन्। कतिपयले यी जोडीको डिभोर्ससमेत भइसकेको चर्चा गरिरहेका छन् भने कतिपयले डिभोर्सको तयारीमा रहेको बताइरहेका छन्।

के साँच्चै यी दुईबीच दूरी बढेको हो? वा यी जोडी सम्बन्ध विच्छेद गर्दैछन्? यसबारे दुवैले केही बोलेका छैनन्। तर प्रियंकाले पतिको थर हटाएपछि धेरै अडकलबाजी भने भइरहेका छन्।

प्रियंकाका आमा मधुले भने यो सबै अफवाह भएको र हल्लाको पछि नलाग्न सबैलाई अपिल गरेकी छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.