एमालेले बनायाे ११ सदस्यीय अध्यक्ष मण्डल

एमालेले बनायाे ११ सदस्यीय अध्यक्ष मण्डल

७ मंसिर, काठमाडौँ ।

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहितको अध्यक्ष मण्डल गठन गरेको हो ।

महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । महाधिवेशन बन्द सत्र सुरु भएसंगै केन्द्रीय कमिटी विघटन हुन्छ । त्यसलगत्तै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उक्त अध्यक्ष मण्डलको हुन्छ ।

यस्तै बैठकले सात सदस्यीय माइन्युट कमिटी गठन गरेकाे एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार माइन्युट कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिमाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.