प्रदेश सरकारको बिदा निर्णय कर्मचारीद्धारा अवज्ञा !

प्रदेश सरकारको बिदा निर्णय कर्मचारीद्धारा अवज्ञा !

विराटनगर : प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरेको समाचार आजको आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत भन्ने बहस उत्पन्न भएको छ।

आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्वीकार गर्न कर्मचारीलाई संघीय गृह मन्त्रालयका उच्च अधिकारीले नै उकासेको पनि खुलेको छ।

संघीयता कार्यान्वयन सुरु भएदेखि नै केन्द्रको निर्देशनमात्रै मान्ने बताउँदै आएका कर्मचारीले प्रदेशको निर्देशन अवज्ञा गरेर नयाँ संरचनाप्रतिको अविश्वास व्यवहारतः प्रकट गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.