एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी छ: अर्थमन्त्री शर्मा

एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी छ: अर्थमन्त्री शर्मा

७ मंसिर, काठमाडौँ ।

गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। मङ्गलवार राष्ट्र बैङ्क परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिए ।

एनआरएनएहरूलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छलफल भइरहेको पनि अर्थ मन्त्रीले बताए ।

अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यापक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गरे ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि मन्त्री शर्माले जानकारी दिए।

अर्थमन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.