सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने

सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने

सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् ।विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ुसर्भिस पासपोर्ट दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.