पैदलयात्रुलाई ठक्कर दिएर भिरबाट खस्याे टाटासुमो: एक जनाको मृत्यु, ७ घाइते

पैदलयात्रुलाई ठक्कर दिएर भिरबाट खस्याे टाटासुमो: एक जनाको मृत्यु, ७ घाइते

८ मंसिर, रसुवा।

पासाङल्हामु मार्गअन्तर्गत रसुवाको ठाडेमा मंगलबार साँझ टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । ठक्कर दिएको सुमो भिरमा खस्दा चालकसहित ७ जना घाइते भएका छन् ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ ठाडेबाट धुन्चेतर्फ गइरहेको ना १ ज ६१७६ नम्बरको टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिंदा सोहि ठाँउकी चार वर्षीया बालिका नैनी घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यसैगरि उनकी फुपु उर्जा घले र दाई वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका उनीहरु तीन जनालाई टाटासुमोले ठक्कर दिएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भिरमा खसेको थियाे । सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका प्रहरीले जनाएको छ ।

सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको टाटासुमो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त सुमो ठाडे नजिकै दुर्घटना भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.