कांग्रेस प्युठान सभापतिमा पौडेल पक्षका गिरी निर्वाचित

कांग्रेस प्युठान सभापतिमा पौडेल पक्षका गिरी निर्वाचित

८ मंसिर,बुटवल ।

नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् ।  मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शिवराज रिजाललाई ७२ मतले पछि पार्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका गिरी विजयी भएका हुन् ।

निर्वाचनमा एक हजार ६९ मत खसेकोमा गिरीले ५६६ मत तथा रिजालले ४९४ मत प्राप्त गरेका र ९ मत बदर भएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए ।

सभापतिमा निर्वाचित गिरी गौमुखी गाउँपालिका अध्यक्ष हुन् । जिल्ला कार्यसमितिका सदस्य र महाधिवेशन प्रतिनिधिहरू भने सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर तथा सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल चयन भएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधिमा निमा गिरी, भगवता विष्ट, निशा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्मबहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझी, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.