भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्‍काल

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्‍काल

८ मंसिर,  भक्तपुर ।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्‍काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्‍काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्‍कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेक सर्ट र झोलाका आधारमा प्रहरीले कङ्‍काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए । कङ्‍काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.