८ मंसिर, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन् । महाधिवेशनको संघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन् ।
कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै रावलले त्यसलाई बदर गरी पुनः प्रतिनिधि छनोटको माग गरेका थिए । तर आफ्नो प्रस्ताव अमान्य भएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् ।
कैलाली क्षेत्र नम्बर २ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको प्रतिनिधि छनोट पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको भएको रावलको दावी छ । प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरी संगठन विभागमा निवेदन दिए पनि सुनुवाइ नभएको रावलले बताएका छन् ।
रावलले तीन दिनअघि पत्रकार सम्मेलन गरेर एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । मंगलबारकै बैठकमा आफ्नो मतको कुनै सुनुवाइ नभएको भन्दै फरक मत राखेर रावलले उम्मेदवारी फिर्ता नलिने स्पष्ट संकेत गरेका छन् ।
यस्तो छ रावलको फरक मत