प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्ने

प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्ने

१० मंसिर, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देवाउले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उनले बताए।

उनले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाउनुभएको बताए। श्रेष्ठकका अनुसार प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धिकरणको अवधराणका विषयमा छलफल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.