ओली मेरा जेलदेखिका साथी हुन् : प्रधानमन्त्री देउवा

ओली मेरा जेलदेखिका साथी हुन् : प्रधानमन्त्री देउवा

१० मंसिर, काठमाडाैँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रका लागि विगतमा संघर्ष गर्दा जेलमा बसेका क्षणहरु स्मरण गरेका छन्। नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेलजीवन बिताएको क्षण स्मरण गरेका हुन्।

उनले भने, ‘ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।’ हिजोका दिनमा भोगेका दुःखहरुलाई बुझेर जनातालाई दुःख नदिन देउवाले ओलीलाई आग्रह गरे।

यस्तै, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संसदीय शासनको पद्धतिमा रहेर यो महाधिवेशन आयोजना गरेकामा एमालेलाई धन्यवाद पनि दिएका छन्।

उनले भने, ‘हामी बीच निरन्तर सम्वाद गर्न आवश्यक छ, हामी दलहरुबीच सद्भाव र छलफलबाट हरेक समाधान निकाल्न तयार छौं।’ उनले एमालेको महाधिवेशनलाई पूर्ण सफलताको कामना गर्दै छलफल र सद्भावबाट निकास दिन आग्रह गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.