गैँडाको मस्कट चितवनलाई उपहार

गैँडाको मस्कट चितवनलाई उपहार

१० मंसिर, काठमाडौं ।

नेकपा (एमाले)को चितवन महाधिवेशनमा निर्माण गरिएको गैँडाको मस्कट चितवनलाई उपहार दिइने भएको छ। महाधिवेशनको उद्घाटनस्थल नारायणी किनारमा रहेको उक्त मस्कट महाधिवेशनपछि त्यहीँ राखिने एमालेले जनाएकाे छ।

गैँडाको मस्कटले महाधिवेशन अवधिभर एमालेको झण्डा बोक्ने र त्यसपश्चात् राष्ट्रिय झण्डा बोकेर बस्ने एमाले सचिव प्रदीप ज्ञवालीले बताए। उनले भने, ‘राष्ट्रिय झण्डा बोकेर यो एक सिङ्‍गे गैँडा १०औं महाधिवेशनको सम्झना दिलाउने गरी सदासर्वदा यहीँ बसिरहने विश्वास पनि म दिलाउन चाहन्छु ।’

एमालेले महाधिवेशनको लागि बनाएको आफ्नो लोगोमा पनि गैँडाले झण्डा बोकेको चित्र समावेश छ।  महाधिवेशनको उद्घाटनस्थलमा चित्र स्वरुपकै मस्कट बनाएको थियो।

शुक्रबारदेखि सुरु भएको महाधिवेशन आइतबार सकिँदै छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.