NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

एमाले महाधिवेशनको उद्घाटनमा ओलीले गरेको सम्बोधनको सार

शुक्रबार मंसिर १० , २०७८
Reading Time: 1 min read
A A
एमाले  महाधिवेशनको उद्घाटनमा ओलीले गरेको सम्बोधनको सार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर, काठमाडाैँ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकताको रक्षाको लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । शुक्रवार चितवनमा आयोजित नेकपा(एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा नेकपा(एमाले)ले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्दै कार्यान्वयन गर्नका लागि एमालेले एकल बहुमत ल्याउनुपर्नेमा उनले जोड दिए ।

Advertisement

अबको निर्वाचनमा एकल बहुमत आवश्यक

संविधानको गलत व्याख्यालाई सच्याएर अगाडी बढ्न र देशमा विकासको लहर ल्याउनका लागि पनि एमालेको एकल बहुमत आवश्यक रहेको उनले बताए । उनले भने – ‘कुनै न कुनै समयमा निकट भविष्यमा अब चुनाव आउँदैछ । चुनावहरु आउँदैछन् । स्थानीय तहको चुनाव आउँदैछ । प्रदेश सभाका चुनाव आउँदैछ र संघीय चुनाव आउँदैछ । म हाम्रा कमरेडहरुलाई भन्न चाहान्छु, हाम्रा साथीहरुलाई भन्न चाहान्छु । समर्थक, शुभेच्छुक, आम नेपाली दिदीबहिनी, दाजुभाईहरुलाई भन्न चाहान्छु, हामी अब चुनावको तयारी तर्फपनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि । एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि । यस देशको सार्वभौमताको रक्षा गर्नका लागि । यस देशमा लोकतन्त्र फेरी गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा त्यसका लागि । संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडी बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्दछ ।’

एमालेको नीति : राष्ट्रिय एकता

अध्यक्ष ओलीले नेकपा एमाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । सामाजिक न्याय र समान अधिकार र अवसर, सझदारी, सद्भाव र राष्ट्रिय एकताको नीति आफुहरुको नीति भएको उनको भनाई छ । एमालेले विरोध र विद्धेषको राजनीति नगर्ने भन्दै उहाँले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्ने बताए । उनले भने – ‘हामी शान्तिको पक्षमा छौँ । देशभित्र शान्ति स्थापना हुनुपर्दछ । हामी कुनैपनि बाहानामा कुनैपनि नाममा हिंसातर्फ प्रवृत्त हुनेकुरा, आवेश, उत्तेजना फैलाउने कुरा, परस्परमा घृणा फैलाउने कुरा, जात जातका बिचमा, धर्म धर्मका, भाषा भाषाका बिचमा, भुगोल भुगोलका बिचमा साम्प्रदायिक विद्धेष फैलाएर नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ । हामी सामाजिक सद्भावको पक्षमा छौँ । राष्ट्रिय एकताको पक्षमा छौँ हामी । हामी सामाजिक सद्भावको पक्षमा छौँ । हामी सहअस्तित्व र सहकार्यको पक्षमा छौँ । पारस्परिक सम्मान र एकताको पक्षमा छौँ । सबैलाई समान अधिकार, अबसर उपलब्ध गराउने पक्षमा छौँ । सामाजिक न्याय र समानता सबैलाई उपलब्ध गराउने पक्षमा छौँ । विद्धेष, विरोधको राजनीति होइन, हाम्रो नीति राष्ट्रिय एकताको नीति हो । सझदारी, सद्भाव, एकताको नीति हाम्रो नीति हो । हाम्रो नीति राष्ट्रियताको, सार्वभौमसत्ताको, हाम्रो स्वाधिनताको हामी रक्षा गर्न चाहान्छौँ । हाम्रो स्वाधिनता, हामी वास्तविक अर्थमा स्वाधिनता मात्रै भनेर बस्ने होइन, स्वाधिनताको हामी बास्तविक अर्थमा सही ढंगले, यथार्थ रुपमा त्यसलाई प्रयोग गर्न चाहान्छौँ ।’

नेपालको कोही शत्रु र कोही मित्र छैन्, भूमि फिर्ता हुनुपर्छ

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पारस्परिक हित र पारस्परिक सम्मानका आधारमा छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडी बढाइने बताए । नेपालको कोही शत्रु र कोही मित्र नभएको उल्लेख गर्दै उहाँले छिमेकी देशहरुसँग कुनैप्रकारको समस्या भएमा छलफलबाट समाधान गर्न सकिने बताए । नेपालले अतिक्रमित नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता लिनुपर्ने उनले बताए। नेपालले आफ्नो अतिक्रमित भुमि फिर्ता लिएर बास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहेको उनले बताए । उनले भने– ‘हामी सार्वभौम समानता चाहान्छौँ दुनियाँभरी, हामी कसैसँग पनि ठुला राष्ट्र हुन्, साना राष्ट्र हुन्, आकार प्रकार, साइज, जनसंख्या, विकासमा अगाडी पछाडी जे भएपनि सबै राष्ट्रहरुको सार्वभौमसत्ता समान छ, सबैले समानता मान्नुपर्छ भन्ने हामी ठान्दछौँ । यिनै आधारमा पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरु अगाडी बढ्छन् । हामीले भनेका छौँ, छैन कोही शत्रु, सबै मित्र । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता । हाम्रो चाहाना त्यो हो, र हामी त्यस नीतिलाई अवलम्बन गर्छौ । हाम्रा छिमेकीहरु सँग कतिपय कुराहरु हामीले अझै छलफलको माध्यमबाट टुंग्याउनुपर्नेछ । र म विश्वास गर्छु, छलफलको माध्यमबाट हामी हाम्रा छिमेकीहरुसँग कुनै समस्या छन् भने ति समस्या हामी समाधान गर्न सक्दछौँ । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा छापेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । सम्वादको माध्यमबाट हामी त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता लिएन भने फिर्ता नलिदासम्म हामीलाई हामी ठगिएको, मिचिएको, हेपिएको भन्ने अनुभुति भइरहन्छ । त्यसकारण त्यो अन्त्य गरेर वास्तविक मित्रताका लागि समस्या समाधान गरेर सही मित्रता, वास्तविक मित्रता, वास्तविक छिमेकीपन हामी कायम गर्न चाहान्छौँ ।’

उनले नेपालमा कुनैपनि प्रकारका हिंसात्मक समुह नभएको बताए । नेपालमा शान्तिपूर्ण वातावरण भएकाले देश भित्र र बाहिरका लगानीकर्ताले लगानी गर्ने वातावरण रहेको पनि उनले उल्लेख गरे । अध्यक्ष ओलीले आवश्यकता र औचित्यको आधारमा नेपालको संविधान संशोधन हुन सक्ने मान्यता एमाले पार्टीको रहेको पनि बताए । उनले भने – ‘त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकता अनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ । र नेपाली जनतालाई आवश्यक पर्दा नेपालको विकासकालागि आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ । हामी त्यस मान्यतामा छौँ ।’

आगामी निर्वाचन पछि नेकपा एमालेको सरकार

अध्यक्ष ओलीले आगामी निर्वाचन पछि नेकपा(एमाले)को सरकार बन्ने दाबी गरे । स्थानीय तहको चुनावमा ५० प्रतिशत भन्दा बढी मत एमालेले ल्याउने उनले जिकिर गरे । उनले भने– ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडी बढाएर समृद्ध नेपाल, सुखि नेपाली बनाउने अभिभारा पुरा गर्छ । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालिस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ ।’

कार्यक्रममा सम्बोधनको क्रममा एमाले अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप लगाए। राजनीतिक आन्दोलनका क्रममा भएको घाइतेहरुको उपचार गर्न र समस्यामा परेकाहरुको समस्या समाधान गर्न पनि उनले अध्यक्ष दाहाललाई चुनौती दिए। उनले एमाले महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्व लडाकुहरुलाई नेकपा(एमाले)मा प्रवेश गराउने तयारी रहेको पनि जानकारी दिए । उनले भने – ‘हिजो सशस्त्र द्धन्दका घाउहरु पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । नेकपा(माओवादी केन्द्र) प्रचण्डजीको नेतृत्वमा फेरी त्यही नाम उहाँले लिएर एउटा चोइटो जानुभएको छ उहाँहरु । प्रचण्डजीको नेतृत्वमा छ । अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँहरु ? उहाँहरु टुंगो लगाउनुहुन्न । किन घाइतेहरुको बन्दोबस्त गर्नुहुन्न ? जेलमा रहेका झुठा मुद्दाहरु किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरुको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई दश, दशहजार बाड्ने रे । दश, दशहजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबार बिहिन भएका, अंगभंगविहिन भएकाहरुलाई रोजगारी दिनुस् । तपाईँ सरकारमा हुनुहुन्छ । हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ, प्रधानमन्त्रीले गर्न दिएन । अनि भाषण गर्नुहुन्छ, आज म प्रधानमन्त्री नभएपनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइँदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ त किन पावर देखाउनुहुन्न ? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहान्छु, अब यो महाधिवेशन अन्त्य हुन बित्तिकै, महाधिवेशन सम्पन्न हुन बित्तिकै हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्नेछौँ । पूर्व लडाकुहरु नेकपा(एमाले)मा प्रवेश गर्दै हुनुहुन्छ । र दशौँ हजारको संख्यामा हामी पूर्व लडाकुहरुलाई एमालेमा प्रवेश गराउँदै छौँ ।’

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमती र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताए। महाधिवेशनको बन्दसत्रले एमाले पार्टी मात्रै होइन पाँच वर्षका लागि देशलाई नै बाटो देखाउने र हाँक्ने एकतावद्ध नेतृत्व निर्माण गर्ने उनले बताए । अध्यक्ष ओलीले सानातिना अन्तरविरोधहरुमा नअल्झिई एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.