उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

१० मंसिर, काठमाडौं ।

एमाले नेता घनश्याम भुसालले १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हाल उपमहासचिव रहेका भुसालले उपाध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

भुसालले यसअघि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको बताएका थिए। आफ्नो टिमका सदस्यहरुसँगको सल्लाहमा अब उपाध्यक्षको उम्मेदवार बन्ने निधो गरेको भुसालले बताए।

एमाले महाधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु हुँदैछ। निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ ।

एमालेले आफ्नो विधानमा चार जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.