मध्यरातको बैठकपछि रावलले भने- म अध्यक्षको उम्मेदवार हुँ, भोलि उम्मेदवारी दिन्छु

मध्यरातको बैठकपछि रावलले भने- म अध्यक्षको उम्मेदवार हुँ, भोलि उम्मेदवारी दिन्छु

११ मंसिर, काठमाडौँ ।

नेकपा एमाले उपाध्यक्ष भीम रावलले १०औं महाधिवेशनमा  अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताएका छन् । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा रावलले आफ्नो उम्मेदवारी दिने अडान कायम राखेका छन् ।

चितवनको सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकपछि बाेल्दै उनले शनिबार बन्द सत्र सुरु भएपछि उम्मेदवारी दिने बताए। उनले भने ‘म त भोलि उम्मेदवारी दिनेछु । उम्मेदवार उठ्छु भनिसकेपछि फिर्ता लिने कुरा छैन ।’

उनले अघि भने, ‘केही साथीहरूले अध्यक्षलाई सबै निर्णयको अधिकार दिउँ । सर्वसम्मत गरौँ भन्नुभएको थियो । तर त्यो पनि प्रस्तावको रुपमा स्वीकार गरिएन । सर्वसम्मतको प्रयास भएको हैन ।’

बैठकले अबको केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.