एक मत आए पनि चुनाव लड्छु : नेता रावल

एक मत आए पनि चुनाव लड्छु : नेता रावल

११ मंसिर, चितवन ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । आफू उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै रावलले अब पछि हट्ने अवस्था नरहेको बताएका हुन्।

होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप शुक्रबार राती बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.